• Menu

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

नेपाल प्रफिट

२०८१ वैशाख १६, ११:५३

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

आजदेखि काठमाडौँमा सुरूभएको तेस्रो लगानी सम्मेलनका सन्दर्भमा अध्यादेश जारी गरिएको हो । सरकारले लगानीकर्तालाई कानुनी अड्चन हटाएको सन्देश दिन लगानी सम्मेलनअघि नै अध्यादेश जारी गरी नीतिगत सुधार गर्ने जनाएको थियो ।