काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई सरकारले कालोसूचीमा राखेको छ । काम सन्तोषजनक भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुलाई २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग र सिक्टा सिँचाइ आयोजना नेपालगन्जले काममा ढिलासुस्ती भएको र सन्तोषजनक नभएको भन्दै फागुन पहिलो हप्ता कालोसूचीमा राख्न नेपाल सरकारलाई सिफारिस गरेको थियो ।
२०७४ असारसम्म आयोजनाअन्तर्गत राप्ती नदी नियन्त्रणका लागि पप्पुसँग ठेक्का सम्झौता भएको थियो । २०६०/६१ बाट सुरु भएको सिक्टा सिँचाइ आयोजनाको हालसम्म ४० प्रतिशतमात्रै काम सकिएको छ । बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ गर्ने उद्देश्यसहित सिक्टा आयोजना सुरु भएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले अन्य ३० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । ती कम्पनीलाई कार्यालयले एकदेखि अढाई वर्ष अवधिसम्मका लागि कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका ठेकेदार कम्पनीले निर्धारित अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाही प्रक्रियामा भाग लिन नपाउने व्यवस्था छ ।
यी हुन् कालोसूचीमा परेका कम्पनी
पप्पु कन्स्ट्रक्सन प्रालि
प्रेम निर्माण सेवा प्रालि
सप्तकोशी जलाधार निर्माण कम्पनी
ओम साई एन्ड कम्पनी
युनिभर्सल कन्स्ट्रक्सन एन्ड वाटर ट्रिटमेन्ट प्रालि
कोशी एन्ड न्यौपाने प्रालि
ओम साई कन्स्ट्रक्सन
ए वान खप्तड कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्स
चण्डी निर्माण सेवा
सिद्धिबाबा कन्स्ट्रक्सन
नमुना कन्स्ट्रक्सन
नवीन कन्स्ट्रक्सन खिम्ती प्रालि
महेश इन्जिनियरिङ
नवीन कन्स्ट्रक्सन
भाव्या कन्स्ट्रक्सन
अमन कन्स्ट्रक्सन
साहनी बिल्डर्स
मामाभाञ्जा निर्माण सेवा
चण्डी सिद्धिबाबा जेभी
कर्मभूमि कन्स्ट्रक्सन
सुस्मन कन्स्ट्रक्सन
रोशिस कन्स्ट्रक्सन
अर्घा भगवती कन्स्ट्रक्सन
पौराई बाबा कन्स्ट्रक्सन
मुस्कान कन्स्ट्रक्सन
जीएस एन्ड एसएस कन्स्ट्रक्सन
उमंग ट्रेडर्स
पशुपति कन्स्ट्रक्सन प्रालि
कार्चेन कन्स्ट्रक्सन
स्नेहा निर्माण सेवा
खड्कादेवी कन्स्ट्रक्सन