• Menu

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

नेपाल प्रफिट

२०८१ वैशाख १०, १४:०४

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौं । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका मधुकुमार मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । हाल अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासिनीविरुद्ध गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए ।

अदालतले सफाइ दिएपछि उनको निलम्बन स्वत: फुकुवा भएको थियो । उनले ७ वैशाखमा सफाइ पाएका थिए । भ्रष्टाचार मुद्दा दायर हुँदा उनी उद्योग मन्त्रालयमा सचिव थिए ।

त्यस्तै मन्त्रिपरिषद बैठकले कतारका राजा मंगलबार नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

विपदबाट क्षति भएका र जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुन:स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णयसमेत सरकारले गरेको छ ।