• Menu

एसियन लाइफ इस्योरेन्सको लाभांश घोषणा

नेपाल प्रफिट

२०८२ पुस ३०, बुधबार १४:४२

एसियन लाइफ इस्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एसियन लाइफ इस्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) समेटिएको छ । सञ्चालक समितिको प्रस्ताव नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्