• Menu

सिटिजन्स बैंकको वार्षिकोत्सव विशेष छुटैछुटका योजना

नेपाल प्रफिट

२०८१ वैशाख ५, बुधबार १६:४५

सिटिजन्स बैंकको वार्षिकोत्सव विशेष छुटैछुटका योजना

काठमाडौं । सिटिजन्स बैंकले १७औं वार्षिकोत्सवको अवसर पारेर आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ देखि ३१ सम्म विभिन्न सुविधामा छुट, क्यासब्याकलगायतका योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यस्तै सिटिजन्स स्मार्टमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इकम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

बैंकले यो योजना अवधिभर ग्राहकका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निष्क्रिय मोबाइल बैंकिङ ग्राहकलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ट १५० रुपैयाँ छुट प्रदान गरिने जानकारी बैंकले गराएको छ ।

बैंकले देशभरका १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइबाट १७ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लाबाट सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षमा थप ७ शाखा विस्तार गरी ६० जिल्लामा पुग्ने लक्ष्य लिएको छ ।