• Menu

प्रतितोला १७ सय बढेर १ लाख ३९ हजार २ सय पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ वैशाख ४, ११:३७

प्रतितोला १७ सय बढेर १ लाख ३९ हजार २ सय पुग्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँले उकालो लागेर नयाँ उच्च मूल्य कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सात सय रुपैयाँले उकालो लागेर एक लाख ३९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।