• Menu

एनआरएन इन्फ्रास्ट्रक्चरको बुक क्लोज मिति सार्वजनिक, सञ्चालक समिति सदस्य संख्या घटाउने प्रस्ताव

नेपाल प्रफिट

२०८२ मंसिर ४, १२:३६

एनआरएन इन्फ्रास्ट्रक्चरको बुक क्लोज मिति सार्वजनिक, सञ्चालक समिति सदस्य संख्या घटाउने प्रस्ताव

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ। कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।

कम्पनीले आगामी पुस ४ गते काठमाडौंस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ९ बजेदेखि २२ औँ वार्षिक साधारण सभा गर्ने छ। सभामा गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद सहित कुल ४२.१०५ प्रतिशत लाभांश पारित गर्ने एजेन्डा रहेको छ।

यस्तो उच्च लाभांश प्रस्तावसँगै कम्पनीको अर्को महत्वपूर्ण निर्णय भनेको सञ्चालक समिति संरचना सुधार-संशोधनको प्रस्ताव हो। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नियमावली संशोधन गरेर सञ्चालक समिति सदस्यहरूको संख्या घटाउने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले सञ्चालक संरचना लागतमैत्री, प्रभावकारी र निर्णय क्षमता बढाउने उद्देश्यले सो प्रस्ताव ल्याएको बताइएको छ। साधारण सभाले पारित गरेपछि कम्पनीको प्रशासनिक संरचना झनै व्यवस्थित हुने अपेक्षा गरिएको छ। एनआरएन इन्फ्रास्ट्रक्चरले पछिल्ला वर्षहरूमा विविध ऊर्जा तथा पूर्वाधार विकास परियोजनामा लगानी विस्तार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्