काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग- २०७४’ ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनको सिफारिसअनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ ।
राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरेको थियो । आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि कार्यान्वयनमा लैजान भने ढिलाइ भएको थियो ।
मन्त्रालयले बुधबार प्रतिवेदन सार्वजनिक गरी आयोगको सिफारिसअनुसार कारबाही प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको हो ।