काठमाडौं । नेपाली कांग्रेस उच्चस्तरीय छानबिन समिति गठन गरी २०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाइरहेको मुद्दाको अपनत्व लिएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार सामाजिस सञ्जालमार्फत प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गर्दै रास्वपाले उठाइरहेको मुद्दाको अपनत्व लिएका हुन् ।
उनले लेखेका छन्- सम्माननिय प्रधानमन्त्रीज्यूलाई सार्वजनिक अपिल !
१) विगतदेखि हामी सबैले माग गर्दै आएको २०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं ।
२) सहकारी ठगीबारे `संसदीय छानबिन समिति´ गठन गरौं !