• Menu

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन : कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

नेपाल प्रफिट

२०८० चैत २७, १०:३०

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन : कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ । मंगलबार बसेको संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

पार्टीले नेतृ विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । पुडासैनी माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ ।