काठमाडौं । आइएमई पे ले नयाँ वर्ष २०८१ लाई लक्षित गरी नयाँ सुविधासहितको सुपर वालेट योजना सार्वजनिक गरेको छ ।
सुपर बेनिफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताले वालेट ब्यालेन्समा बैंकहरुले दिनेबराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड प्वाइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट र भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने सुविधा दिएको छ ।
यसैगरी, हवाई टिकट खरिद तथा घरायसी उपभोग्य सेवाको भुक्तानीमा निरन्तर प्रोमो कोड र केबलकारको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभर ६ हजार रुपैयाँसम्मको क्यास ब्याक सुविधा पनि आइएमई पे प्रयोगकर्ताले पाउने कम्पनीले जनाएको छ ।
आईएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको अवसर पारेर सुरुवात गर्न लागिएको थप सुविधासहितको यस प्रिमियम प्याकेजले आइएमई पे का प्रयोगकर्तालाई सुपर वालेटमा आबद्ध भएको महसुस गराउने बताएका छन् ।
नयाँ–नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधा थप्दै आइएमई पे फिनटेक क्षेत्रमा अब्बल सावित भएको उनले बताए ।