काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुंगलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् ।
दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन ८ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट आगलागीको कारणबारे जाँच गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । उनी आगलागी भएको क्षेत्रमा पुगिसकेका छन् ।