• Menu

सुनको मूल्य बढेको बढ्यै, प्रतितोला १ लाख ३३ हजार पुग्यो

नेपाल प्रफिट

२०८० चैत २१, बुधबार ११:०४

सुनको मूल्य बढेको बढ्यै, प्रतितोला १ लाख ३३ हजार पुग्यो

काठमाडौ । सुनको मूल्य लगातार उकालो लागेर प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगैको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिँदा नेपाली बजारमा पनि लगातार मूल्य बढेको हो ।

मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड बनाएको छ । बुधबारको मूल्य मंगलबारको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।

यसअघि आइतबार सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको सुन मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरेको थियो ।