• Menu

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो २७ ठेकेदार कम्पनीलाई स्पष्टीकरण (सूचीसहित)

नेपाल प्रफिट

२०८० चैत १९, ०९:१३

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो २७ ठेकेदार कम्पनीलाई स्पष्टीकरण (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ निर्माण व्यवसायी (ठेकेदार कम्पनी)लाई स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका निर्माण व्यवसायीलाई सातदिने स्पष्टीकरण सोधेको हो ।

कार्यालयले सुरुमा ३० दिने स्पष्टीकरण माग गरेको थियो । तर, व्यवसायीले अटेर गरेपछि सोमबार सार्वजनिक सूचना जारी गरी सातदिने लिखित स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण माग गरिएका निर्माण कम्पनीको सूचीमा भारतका दुई, चीनको एक र नेपाली २४ छन् । स्पष्टीकरण चित्तबुझ्दो नभए कार्यालयले यी निर्माण कम्पनीलाई कालोसूचीमा राख्नेछ । कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लाग्नेछ ।

स्पष्टीकरण सोधिएका कम्पनी

चीना श्रेष्ठको रोशिस कन्सट्रक्सन, रौतहट

दीपेन्द्र विकको उमंग ट्रेडर्स, रौतहट

रुपेश पण्डितको पौराई बाबा कन्स्ट्रक्सन, रौतहट

राजेन्द्र चाईको साहनी विल्डर्स, रुपन्देही

दिपेश कर्माचार्यको न्यु जगतदेवी निर्माण सेवा, नवलपरासी

रमेश राईको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एन्ड सप्लायर्स, काठमाडौं

मदन खड्काको एमडी ब्रो कन्स्ट्रक्सन, इलाम

पुष्पनाथ यादवको शोभा विल्डर्स एन्ड सप्लायर्स, भक्तपुर

विजयकुमार मोक्तानको नेपाल भूमि कन्स्ट्रक्सन, काठमाडौं

सन्तोषप्रसाद भट्टको युसब कन्स्ट्रक्सन, डडेलधुरा

ललितबहादुर बोहराको न्यु कालिका निर्माण सेवा, बझाङ

दिलबहादुर भण्डारीको तुल्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स, डोटी

सतिश आचार्यको सुप्रभात निर्माण सेवा, बाँके

कृष्णप्रसाद ओलीको वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन, बाजुरा

घनश्याम बस्नेतको भुमा निर्माण सेवा, दाङ

साविर मियाको मान्यता निर्माण सेवा, सुर्खेत

गुनेश्वर साहको जीएस एन्ड एमएस कन्स्ट्रक्सन, काठमाडौं

अजित शाक्यको मुस्कान कन्स्ट्रक्सन, पर्सा

पदमबहादुर तामाङको मस्टा जेबीडी कन्स्ट्रक्सन, काठमाडौं

प्रदीप पन्त र आशिष गौतमको समृद्धि यशश्वी कन्स्ट्रक्सन, काठमाडौं

सुन्दर श्रेष्ठको जलेश्वर महादेव यासवि कन्स्ट्रक्सन, काठमाडौं

कृष्ण पौडेलको कृशव निर्माण सेवा, रुपन्देही

रामु खनालको खनालको कान्छा सप्लायर्स, रुपन्देही

दीपेन्द्रबहादुर शाहीको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, काठमाडौं

राजीव गर्गको भारत कन्स्ट्रक्सन, भारत

अभिषेक गुप्ताको गुप्ता पावर इन्फ्रास्ट्रक्चर, भारत

सु फुगुईको सुफा एन्हे ग्रुप सिचुवान, चीन