• Menu

गैरकानुनी रुपमा विदेशी सहयोग प्राप्त गर्ने गैरसरकारी संस्थामाथि निगरानी बढाउन गृह मन्त्रालयको निर्देशन

नेपाल प्रफिट

२०८० चैत ८, १७:१०

गैरकानुनी रुपमा विदेशी सहयोग प्राप्त गर्ने गैरसरकारी संस्थामाथि निगरानी बढाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी रुपमा विदेशी सहयोग प्राप्त गर्ने गैरसरकारी संस्थामाथि निगरानी बढाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई बिहीबार जारी गरेको १४ पृष्ठ लामो निर्देशनमा गैरसरकारी संस्थामाथि निगरानी बढाउन भनिएको हो ।

गृहमन्त्री स्तरीय निर्णयअनुसार बैंक वित्तीय संस्थाप्रतिको नकारात्मक अभिव्यक्ति निस्तेज बनाउनेदेखि सामाजिक सञ्जालमा जथाभावी गर्नेलाई कारबाहीको दायरामा राख्नेसम्मको निर्देशन जारी गरिएको छ ।

२१ बुँदे निर्देशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक संजालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायत गतिविधिलाई उच्च प्राथमिकता दिइएको छ ।