• Menu

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३ निर्णय

नेपाल प्रफिट

२०८० चैत ८, १२:४२

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३ निर्णय

काठमाडौं । सरकारले सहसचिव चुडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई श्रम सचिव नियुक्त गरेको हो ।

यस्ता छन् निर्णय

१. नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल- १ (६५९१ मिटर) र जुगल- २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने ।

२. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री चुडामणि पौडेललाई बढुवा नियुक्त गर्ने ।

३. राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने ।