काठमाडौं । सुनको मूल्य एकैदिन २६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ ।
बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार २६ सय बढेर हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य भने प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । बुधबार तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँ कायम भएको छ ।