• Menu

सीआईबीमा बयान दिएपछि उद्योगी विनोद चौधरीले भने- म माथि राजनीतिकरण भयो

नेपाल प्रफिट

२०८० चैत ८, १०:२६

सीआईबीमा बयान दिएपछि उद्योगी विनोद चौधरीले भने- म माथि राजनीतिकरण भयो

काठमाडौं । उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका चौधरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बयान दिएपछि पत्रकारहरुसँग आफूमाथि राजनीतिकरण गरिएको दाबी गरेका हुन् ।

‘मैले मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, बाँसबारी जग्गा प्रकरणमा म चोखो छु,’ चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रस्टसँग देखियो ।’

सरकारी जग्गा हिनामिना प्रकरणमा उनले सीआईबीमा बिहीबार बिहान बयान दिएका थिए ।