काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेप्से परिसूचक २७.८४ अंकले ओरालो लागेर २०८०.८७ अंकमा सीमित भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८३ अंकले ओरालो लागेर ३६९.८१ मा झरेको छ । आज कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।
कुल एक करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाबराबरमा कारोबार भएको छ । यो कारोबार रकम बुधबारको भन्दा कम हो । बुधबार ४ अर्ब २२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ । माथिल्लो तामाकोशीको ५० करोड ८९ लाख ८९९ रुपैयाँबराबरको सेयर कारोबार भयो ।
त्यस्तै शिवम् सिमेन्टको २४ करोड चार लाख ५० हजार, सोनापुर सिमेन्टको, गोर्खाज फाइनान्सको १२ करोड ७६ लाख ६५ हजार र हिमालयन रि–इन्स्योरेन्सको ९ करोड ८४ लाख १२ हजार रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
विन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त ९.९२, गोर्खाज फाइनान्स ८.०८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.७१ प्रतिशतले कमाएका छन् ।