• Menu

वर्षमान पुन बन्ने भए अर्थमन्त्री

नेपाल प्रफिट

२०८० फागुन २३, बुधबार १४:२७

वर्षमान पुन बन्ने भए अर्थमन्त्री

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । भर्खरै सकिएको गठबन्धन बैठकले पुनलाई उपप्रधानसहित अर्थमन्त्री बनाउने निर्णय गरेको हो ।

माओवादीले नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भएको छ । माओवादीका तर्फबाट हितबहादुर तामाङले शपथ लिइसकेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानसहित गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई पठाउने निर्णय गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठ बन्ने भएका छन् ।

एमालेबाट पदम रघुवीर महासेठले भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हाल्ने भएका छन् । एमालेबाट महासेठले सरकारको नेतृत्व गर्नेछन् । एमालेले यसअघि पदम गिरीलाई सरकारमा पठाइसकेको छ ।