काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने चार मन्त्रीको टुंगो लगाएको छ ।
रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठको नाम टुंगो लगाएको हो ।
लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हाल्नेछन् । रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको नाम टुंगो लगाएको हो । अर्यालले सोमबार साँझ नै मन्त्री पदको शपथ लिइसकेका छन् । उनलाई हालसम्म मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।