काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.३१ अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ११ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक २५.३१ अंकले बढेर २७०१.४८ अंकमा उक्लिएको हो ।
आज ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने १६६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ७९ करोडको कारोबार भएकामा आज ५ अर्ब ४४ करोड ४४ लाखको कारोबार भयो ।
आज विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्समा सकारत्मक सर्किट लागेको छ । हाथवे इन्भेस्टमेनट ६.८३, न्यादीहाइड्रोपावर ६.६०, रिवर फल्स पावर ४.९७ र रिलायन्स फाइनान्सको ४.६४ प्रतिशत मूल्य बढेको छ । व्यापार समुह सबै भन्दा धेरै ९.४९ प्रतिशत बढ्यो ।
त्यस्तै, जिवनबीमा ०.५०, अन्य ०.१५, बैंकिङ ०.६१, विकास बैंक ०.५१, हाइड्रोपावर ०.५४, होटल तथा पर्यटन ०.५२, वित्त ३.२६, लगानी १.३९,लघुवित्त ०.१२, म्युचुअल फन्ड ०.६५ प्रतिशत मूल्य बढेको छ भने उत्पादन तथा प्रशोधन १.४३, निर्जीवन बीमाको ०.२५ प्रतिशत मूल्य घटेको छ ।
बोटलर्स नेपालमा नकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर ४.५५, मनुषी लघुवित्त २.५२ र अपर हेवाखोला हाइड्रोपावरको २.१५ प्रतिशत मूल्य घट्यो ।