• Menu

सांसद दीपक बोहराको निधन

नेपाल प्रफिट

२०८१ चैत १९, ११:५०

सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको मंगलबार निधन भएको छ । उनको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिएका छन् ।

बोहरा रुपन्देही क्षेत्र नम्बर-३ का निर्वाचित सांसद थिए । कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) का समयमा उनी संक्रमित भएका थिए र त्यसपछि उनलाई स्वर परिवर्तन लगायतका समस्या देखिन थाले । थप उपचारका लागि उनले दिल्ली र पछि न्यूयोर्क गएका थिए ।

पोष्ट कोभिडका कारण बोहराको घाँटीमा क्यान्सरको समस्या देखिएको थियो । उनी बोल्न नसक्ने अवस्थामा थिए र चुनावको समयमा पनि नबोली अन्य सांसदमार्फत आफ्नो कुरा संसदमा प्रस्तुत गर्थे ।

बोहरा स्पीच थेरापी गर्दै आएका थिए, तर स्वास्थ्यमा थप समस्या देखिएपछि आज उनको निधन भएको हो ।