• Menu

तीनकुनेमा कर्फ्युको तयारी, सुरक्षाकर्मीको माइकिङमार्फत सूचना

नेपाल प्रफिट

२०८१ चैत १५, शुक्रबार १६:०९

तीनकुनेमा कर्फ्युको तयारी, सुरक्षाकर्मीको माइकिङमार्फत सूचना

काठमाडौं । काठमाडौं को तीनकुने क्षेत्रमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमै कर्फ्यु लाग्ने सूचना दिएका छन् ।

सुरक्षाकर्मीहरूले माइकिङ गर्दै प्रदर्शनकारीहरूलाई क्षेत्र खाली गर्न आग्रह गरेका छन् । राजावादी प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने तयारी गरेको हो ।

सुरक्षाका दृष्टिले तीनकुने क्षेत्रमा व्यापक सुरक्षा बल परिचालन गरिएको छ भने स्थानीय बासिन्दालाई अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरिएको छ । प्रशासनले छिट्टै औपचारिक रूपमा कर्फ्यु आदेश जारी गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्