• Menu

सुनको भाउ एकैदिन १३ सयले बढ्यो

नेपाल प्रफिट

२०८१ चैत १४, ११:१६

सुनको भाउ एकैदिन १३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन-चाँदी मूल्य बढेको छ । बुधबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि बढेर १ लाख ७४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि यसको असर परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३५.४५ डलरमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि २ हजार २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्