• Menu

बैंकिङ कसुर आरोपमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जना पक्राउ

नेपाल प्रफिट

२०८० फागुन १५, १६:३३

बैंकिङ कसुर आरोपमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जना पक्राउ

काठमाडौं । बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानेसहित तत्कालीन सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमलाई पनि पक्राउ गरेको छ । उनीहरुमाथि सेन्चुरी कमर्सियल बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता गरेको आरोप छ ।

दुई अर्ब २५ करोड ऋण प्रवाह गर्दा कम धितो राखेर अनियमितता गरेको पाइएको प्रहरीले जनाएको छ । बचतकर्ता र बैंकको ७ अर्ब डुबाएका देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंको कम्पनीलाई कमसल धितोमा ऋण दिएको आरोपमा उनीहरुमाथि छ ।

सेन्चुरी बैंकबाट ५० करोड रुपैयाँबराबरको धितो राखेर सवा २ अर्ब रुपैयाँ कर्जा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले प्रवाह गरेको कर्जा बैंक मर्जर भएर आएपछि प्रभुमा सरेको हो । सीआईबीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्