• Menu

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८१ चैत १३, बुधबार ११:२९

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुन-चाँदी मूल्य बढेको छ । गत शुक्रबारदेखि लगातार घटिरहेको सुनको मूल्य आज फेरि उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि यसको असर परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३१८.०६ डलरमा कारोबार भइरहेको छ।

यस्तै, मंगलबार प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १ हजार ९९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्