काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक हजार रूपैयाँले घटेर एक लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सोही सुनको मूल्य एक लाख ७६ हजार रूपैयाँ कायम भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला दुई हजार ३० रूपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३०२७.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।