• Menu

अवैध भेप ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग

नेपाल प्रफिट

२०८१ चैत ७, १३:५२

अवैध भेप ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौँ आउँदै गरेको गाडीमा अवैध भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद गंगा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौँ आउँदै गरेको ना६ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यो गाडी भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न माग गरिन् ।

सांसद मनिष झाले केही दिनअघि समातिएको २५ करोड रकमका मालिक पत्ता लगाउन सरकारसँग माग गरे । भरिया समातेर कालाबजारिया संरक्षण नगर्न उनले ध्यानाकर्षण गराए । यसअघिका यस्तै घटनामा भरिया समातिए पनि अवैध सामान ल्याउने मालिकलाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाए । बाह्रबिसेमा समातिएको अवैध भेप भित्र्याउनेलाई कारबाही गर्न सांसद झाले माग गरे ।