काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य १० उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ अंकमा ओर्लिएको हो ।
आज १८३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ७ वटा कम्पनीको भने स्थिर रह्यो ।
बुधबार कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ३४ करोडको कारोबार भएकामा आज ५ अर्ब १४ करोड ३९ लाखको कारोबार भयो ।
आज मिथिला लघुवित्तको ९.३९, गरिमा सम्बृद्धी योजना ७.६९, भूगोल इनर्जि डेभलपमेन्ट ७.३५, ग्रिन डेभलपमेन्ट बैंक ७.०० र रवा इनर्जि डेभलपमेन्टको ३.५३ प्रतिशत मूल्य बढेको छ भने होटल तथा पर्यटन ०.१०, म्युचुअल फन्ड ०.०३ र व्यापार समुह ०.६० प्रतिशत बढ्यो ।
त्यस्तै उत्पादन तथा प्रशोधन ०.३३, लगानी ०.४९, वित्त समुह १.५३, अन्य ०.५१, बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, जीवन, जिवनबीमा १.४८, लघुवित्त ०.४८, निर्जीवन बीमा ०.५१, प्रतिशत मूल्य घटेको छ ।
सामुदायिक लघुवित्तको ९.२०, हिमालयन पावर पार्टनर ४.५२, स्वेत गंगा हाइड्रोपावर ४.२३, सेन्ट्रल फाइनान्स ४.२० र मनकामना इन्जिनियरीङ हाइड्रोपावरको ४.१० प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै २९ करोड ६७ लाखको कारोबार भयो ।