काठमाडौं । सुनको भाउ प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ । सुनको भाउ बुधबार तोलामा ८ सय रुपैयाँ बढेर हालसम्मको उच्च मूल्य कायम भएको हो ।
सुनको मूल्य मंगलबार १ लाख ७५ हजार २ सय रुपैयाँ थियो । लगानीकर्ता सुनमा लगानीप्रति आकर्षित हुँदा मूल्य बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चाँदी भने आज तोलामा ५ रुपैयाँ घटेको छ ।
मंगलबार २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।