काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य १२ उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ अंकमा ओर्लिएको हो ।
आज १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ४ वटा कम्पनीको भने स्थिर रह्यो ।
मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ४० करोडको कारोबार भएकामा आज ४ अर्ब ३४ करोड ६६ लाखको कारोबार भयो ।
आज मिथिला लघुवित्तको ९.९६, हिमालयन पावर पार्टनर ९.९०,भूगोल इनर्जिको ७.२८ र धैलागिरी लघुवित्तको ३.७८ प्रतिशत बढेको छ ।
८.०, ग्रीन डेभलपमेन्ट बैंकको ५.३, मानुषी लघुवित्तको ४.१ र इस्टर्न हाइड्रोको ३.२ प्रतिशत मूल्य बढेको छ । अन्य ०.११ प्रतिशत बढ्यो ।
त्यस्तै उत्पादन तथा प्रशोधन ०.२३, लगानी ०.४२, होटल तथा पर्यटन ०.३६, वित्त समुह ०.१७, बैंकिङ ०.१४, विकास बैंक ०.४२, हाइड्रोपावर ०.१७, जीवन बीमा ०.७०, लघुवित्त ०.३१, निर्जीवन बीमा ०.५४, म्युचुअल फन्ड ०.३७ प्रतिशत घटेको छ ।
सामुदायिक लघुवित्तमा ८.२१, राप्ती हाइड्रोको ७.७२, अपर सोलु हाइड्रोको ३.३१ र सयपत्री हाइड्रोपावर ३.२९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै ३२ करोड ११ लाखको कारोबार भयो ।