• Menu

सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ

नेपाल प्रफिट

२०८१ चैत ५, ११:३९

सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको भाउ आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि, चैत १ गते सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो। तर, मंगलबार यो रेकर्ड तोड्दै सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ। यो अघिल्लो रेकर्डभन्दा प्रतितोला ७ सय रुपैयाँ बढी हो।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले वृद्धि भएको हो। सोमबार सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको भाउ पनि बढेको छ। सोमबार प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि जारी रहेको छ। मंगलबार सुन प्रतिऔंस ३ हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।