काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ८ उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक १०.१४ अंकले घटेर २७०४.७० अंकमा ओर्लिएको हो ।
आज १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १३ वटा कम्पनीको भने स्थिर रह्यो ।
सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएकामा आज ५ अर्ब ४० करोड ११ लाखको कारोबार भयो ।
आज राप्ती हाइड्रोको ९.८, सामुदायिक लघुवित्तको ८.०, ग्रीन डेभलपमेन्ट बैंकको ५.३, मानुषी लघुवित्तको ४.१ र इस्टर्न हाइड्रोको ३.२ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स समुह ०.१२ प्रतिशत बढेको छ भने बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२ र अन्य ०.५६ प्रतिशत घटेको छ ।
महालक्ष्मी विकास बैंकको ५.६, घलेम्दी हाइड्रोपावरको ४.५, विशाल बजारको ३.७ र विन नेपाल लघुवित्तको ३.० प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै ४३ करोड ९३ लाखको कारोबार भयो ।