• Menu

सांसद कार्कीको चेतावनी : ‘२५ फागुनको भिड ट्रायल मात्र, ७३ जिल्लाबाट उठे के हुन्छ?’

नेपाल प्रफिट

२०८१ फागुन २७, १४:४२

सांसद कार्कीको चेतावनी : ‘२५ फागुनको भिड ट्रायल मात्र, ७३ जिल्लाबाट उठे के हुन्छ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिडलाई ‘ट्रायल’ मात्र भएको बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यदि देशभरका ७३ जिल्लाबाट त्यस्तै भिड उत्रिएमा गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँसमेत नहुने दाबी गरिन् ।

‘मेरा एक मित्रले भन्नुभयो, राजाको पक्षमा जयजयकार भइरहेको देखियो, तर नेताहरू जिल्लामा जाँदा मुर्दावाद सुनिन्छ । म उहाँलाई भन्छु- यो त केवल ट्रायल हो । यदि बाँकी ७३ जिल्लाका जनताले पनि यस्तै गरे भने स्थिति झन् परिवर्तन हुन सक्छ,’ कार्कीले भनिन् ।

उनले नेताहरूलाई पहिले नै सुरक्षित लुक्ने ठाउँ खोज्न सुझाव दिँदै, परिस्थिति अझै चुनौतीपूर्ण हुनसक्ने चेतावनी दिइन् । ‘सबै नागरिकको अधिकार छ, नागरिकले आफ्ना कुरा राख्न पाउँछन् । २५ गतेको जुन भिड थियो, यो नालायक सरकारले जन्माएको भिड हो । तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्