• Menu

सेयर बजार राताम्य, नेप्से परिसूचक २८४६.३० अंकमा झर्‍यो

नेपाल प्रफिट

२०८१ फागुन २०, १५:३०

सेयर बजार राताम्य, नेप्से परिसूचक २८४६.३० अंकमा झर्‍यो

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा राताम्य भएपछि समग्र बजार परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा ओर्लिएको हो ।

आज १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ५ वटा कम्पनीको भने स्थिर रह्यो । मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार १४ अर्ब २८ करोडको कारोबार भएकामा आज १२ अर्ब ९४ करोड ६४ लाखको कारोबार भयो ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६० र शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशत मूल्य बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२१ प्रतिशत मूल्य घटेको छ ।

बैंकिङ समूह १.०५, अन्य ०.०६, लगानी १.७५, होटल तथा पर्यटन ०.९७ जीवन बिमाको ०.६९ जलविद्युत १.०८, विकास बैंक ०.३९, निर्जीवन बिमाको १.११, लघुवित्त १.४१ र वित्त २.१० र म्युचुअल फन्ड १.२७ प्रतिशत मूल्य घटेको छ ।

सिन्धु विकास बैंकमा नकारात्मक सर्किट लागेको छ । सिर्जनशील लघुवित्तको ९, नेपाल रिपब्लिक मिडियाको ७.४ र समाज लघुवित्तको ५.८७ प्रतिशत मूल्य घट्यो । आज पनि हिमालयन रिइन्स्योरेन्सको १ अर्ब बढीको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्