काठमाडौ । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्ये १२ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ अंकमा उक्लिएको हो ।
आज ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने १९६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ४ वटा कम्पनीको भने स्थिर रह्यो । आइतबार कारोबार रकम उल्लेख्य बढेको छ । बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको कारोबार भयो ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दिखोला जलविद्युत र हिमालयन डिस्टिलरीमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, न्यादी हाइड्रोपावर ९.९३, पोखरा फाइनान्स ९.२१, बोट्लर्स नेपालको ८.८० र सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०९ प्रतिशत मूल्य बढेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ४.७९ प्रतिशत मूल्य बढेको छ ।
बैंकिङ समूह २.५३, अन्य १.५१, लगानी ३.०३, होटल तथा पर्यटन ४.१४, जीवन बिमा ३.३१, जलविद्युत १.९८, विकास बैंक ३.८८, निर्जीवन बिमाको ३.४१, लघुवित्त १.३५ र वित्त ४.२८ प्रतिशत मूल्य बढेको छ । म्युचुअल फन्ड १.२७ प्रतिशत मूल्य घटेको छ ।
समाज लघुवित्तमा नकारात्मक सर्किट लागेको छ भने अपर हेवाखोला ५.४७, भूगोल इनर्जि ३.४२, नेपाल हाइड्रो ३.३७ र सपोर्ट माइक्रो फाइनान्सको २.६४ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।