• Menu

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाल प्रफिट

२०८१ फागुन १५, ११:४५

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

‍काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घेटको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य बिहीबारका लागि १ लाख ७० हजार ३ सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८९१.७२ डलरमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १९ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदी बिहीबारका लागि १९ सय ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।