• Menu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८१ फागुन १४, बुधबार ११:१९

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घेटको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारप्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बुधबारका लागि १ लाख ७० हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९२०.०७ डलरमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १९ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ४० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।