काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज मंगलबारका लागि १ लाख ७१ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९३९.४१ डलरमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ७० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।