• Menu

दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ : सांसद सिंह

नेपाल प्रफिट

२०८१ फागुन १२, १४:२८

दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ : सांसद सिंह

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले  गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगितबारे सरकारसँग जानकारी माग गरेका छन् ।

‘विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो रु गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ,’ उनले भने ।

यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार भएको उल्लेख गर्दै उनले एनओजी र आइएनजीओबाट आएको पैसाबारे सरकारले श्वेतपत्र जारी गर्न माग गरे । सांसद सिंहले मुलुकलाई ग्रे–लिस्टमा पर्नुको कारण समेत सरकारसँग माग गरे ।

सांसद रोशन कार्कीले अछामकी एक १२ वर्षिय बालिका बलात्कृत भएको घटनाको निन्दा गर्दै यस प्रकारका घटना रोक्न माग गरे । उनले बालिकाहरुले न्याय नपाएको भन्दै असन्तुष्टि जनाए ।