काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ७० तीन सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज सोमबारका लागि १ लाख ७० हजार ८ सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९४०.४३ डलरमा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १९ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।