• Menu

साताको पहिलो दिन ११ अंकले बढ्यो सेयर बजार

नेपाल प्रफिट

२०८१ फागुन ११, १५:२०

साताको पहिलो दिन ११ अंकले बढ्यो सेयर बजार

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार  ११.६६ अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ७ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ११.६६ अंकले बढेर २७५५.४० अंकमा उक्लिएको हो ।

आज १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ९१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ४ वटा कम्पनीको भने स्थिर रह्यो ।

आइतबार कारोबार रकम पनि बढेको छ । बिहीबार ८ अर्ब ६२ करोडको रुपैयाँको कारोबार भएकामा आज ११ अर्ब ५४ करोड ८३ लाखको कारोबार भयो ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । कुमारी सबल ९.९४, बोट्लर्स नेपाल ७.२९, छ्याङदी हाइड्रोपावर ८.०२ र नेपाल रि इन्स्योरेन्सको ७.०५ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै, अन्य समूह सबैभन्दा धेरै ३.७२ प्रतिशत मूल्य बढेको छ । बैंकिङ समूह ०.०३, निर्जीवन बिमाको ०.१३ र जीवन बिमा ०.८६ प्रतिशत उत्पादन तथा प्रशोधन २.७८, लगानी १.३३ र म्युचुअल फन्डको ०.०२, प्रतिशत मूल्य बढेको छ ।

विकास बैंक ०.४८, होटल तथा पर्यटन ०.५०, लघुवित्त ०.६६, वित्त ०.४५, र जलविद्युतको ०.५६ प्रतिशत मूल्य घटेको छ ।

उपकार लघुवित्त ६.७९, पिपुल्स हाइड्रोपावर ६.०२, अपर हेवाखोला हाइड्रोपावर  ५.२३, इस्ट्रन हाइड्रोपावरको ४.०१  प्रतिशत मूल्य घटेको छ ।