• Menu

महाशिवरात्रिका अवसरमा भालेश्वरमा महाआरती, केबलकार टिकटमा ५० प्रतिशत छुट

नेपाल प्रफिट

२०८१ फागुन ११, १०:५२

महाशिवरात्रिका अवसरमा भालेश्वरमा महाआरती, केबलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । फागुन १४ गते बुधबार पर्न गएको महाशिवरात्रि २०८१ को पावन अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ ।

महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो । महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम सञ्चालन हुनेछ भने साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ ।

चन्द्रागिरि हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ देखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।