• Menu

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाल प्रफिट

२०८१ फागुन ११, १०:४२

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ७० हजारका दरले कारोबार भएको सुनको मूल्य आज आइतबारका लागि १ लाख ७० हजार तीन सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९३५.९१ डलरमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १९ सय ९० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ७० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।