काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७१ हजारका दरले कारोबार भएको सुनको मूल्य आज शुक्रबारका लागि १ लाख ७० हजार निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९२७.२३ डलरमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १९ सय ९५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।