• Menu

लगातार चौथो दिन बढ्यो नेप्से

नेपाल प्रफिट

२०८१ फागुन ८, १५:४४

लगातार चौथो दिन बढ्यो नेप्से

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ४ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ अंकमा उक्लिएको हो ।

आज १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ५ वटा कम्पनीको भने स्थिर रह्यो ।

बिहीबार कारोबार रकम पनि घटेको छ । मंगलबार १० अर्ब ४३ करोडको रुपैयाँको कारोबार भएकामा आज ८ अर्ब ६२ करोड ७६ लाखको कारोबार भयो ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४, लक्ष्मी लघुवित्तको ८.२१ तथा उपकार लघुवित्तको ८.१ प्रतिशत मूल्य बढ्यो ।

व्यापार समूह सबैभन्दा धेरै ३.७७ प्रतिशत मूल्य बढेको छ । त्यस्तै, अन्य समूह ०.५७, निर्जीवन बिमाको ०.६३ र जीवन बिमा २.४२ प्रतिशत मूल्य बढेको छ ।

विकास बैंक ०.५२, होटल तथा पर्यटन ०.३१, लगानी ०.३७, लघुवित्त ०.०३, बैंकिङ समूह ०.५५, उत्पादन तथा प्रशोधन ०.८४, म्युचुअल फन्ड ०.४१, वित्त ०.१४, र जलविद्युतको ०.७५ प्रतिशत मूल्य घटेको छ ।

बाराही हाइड्रोपावरको ८.३५, भूगोल इनर्जीको ५.७८ तथा दिव्यश्वरी हाइड्रोपावरको ४.१२ प्रतिशत मूल्य घटेको छ ।