• Menu

सेयर बजार १९ अंकले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट, ९ अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८१ फागुन ४, १५:३०

सेयर बजार १९ अंकले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौ । साताको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत १३ मध्य ११ उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ अंकमा उक्लिएको हो ।

आज ६३ कम्पनीको सेयर मूल्य घटेको छ भने १७६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ४ वटा कम्पनीको भने स्थिर रह्यो ।

आज कारोबार रकम पनि बढ्यो भने ९ अर्ब ४७ करोड ३ लाखको रुपैयाँको कारोबार भयो ।

विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्समा सकारात्मक सर्किट लागेको छ ।

वित्त समूह सबैभन्दा धेरै ४.९४ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै, लगानी १.१७, लघुवित्त १.८६, बैंकिङ समूह ०.९८, विकास बैंक ०.०८, जीवन बिमा ०.३९, होटल तथा पर्यटन १.९५, अन्य ०.३८, व्यापार ०.२५ जलविद्युत ०.३६ र उत्पादन तथा प्रशोधन ०.२० प्रतिशत बढेको छ ।

म्युचुअल फन्ड ०.११ र निर्जीवन बिमाको १.२८ प्रतिशत मूल्य घटेको छ ।

न्यादी हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ भने एनएलजी इन्स्योरेन्सको ९.५५, बाराही हाइड्रोपावरको ७.४१, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत मूल्य घटेको छ ।