काठमाडौ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२६ अंकले घटेको छ । बुधबार १.८६ अंकले बढेको नेप्से आज ७.२६ अंकले घटेर २६७८.४७ अंकमा झरेको हो ।
आज १६२ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा पनि ७६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ६ वटा कम्पनीको भने स्थिर रह्यो ।
बिहीबार कारोबार रकम पनि घटेको छ । बुधबार ८ अर्ब ७१ करोडको कारोबार भएकामा आज ७ अर्ब ९२ करोड १३ लाखको कारोबार भयो ।
आज पोखरा फाइनान्स, गार्डियन लाईफ इन्स्युरेन्स, मातृभूमि लघुवित्त र कुमारी सबल योजनामा सकारात्मक सर्किट लागेको छ ।
बराहि लघुवित्त ६.७७, मनुषी लघुवित्त ६.१२, रिलायन्स फाइनान्स ७.५ र स्वरोजगार लघुवित्तको ५.६५ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै, वित्त समूह सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो भने लगानी ०.५२ र लघुवित्त ०.१७ प्रतिशत मूल्य बढेको छ ।
बैंकिङ समूह ०.२३, विकास बैंक ०.९५, जीवन बिमा ०.१४, होटल तथा पर्यटन ०.५८, अन्य ०.१०, व्यापार ०.०१, म्युचुअल फन्ड ०.०८, जलविद्युत ०.९०, उत्पादन तथा प्रशोधन ०.४७, निर्जीवन बिमा ०.८७ प्रतिशत घटेको छ ।
न्यादी हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ भने सामुदायीक लघुवित्त ४.९० र रिभरफल्स पावरको ४.१० प्रतिशत मूल्य घट्यो ।