काठमाडौँ । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियुक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभूतिलाई साइग्रेसले कथामार्फत उनीहरुका घरआँगन र परिवारसम्मै पुर्याउन मद्दत गर्नेछन् ।
नेपाली माटोमा सिकेको सीप र क्षमतालाई विश्वबजारमा पुर्याएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइनेछ । कामको बाध्यता होइन, कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण साइग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाइ छ ।
नेपाली कथा बाचनमा एउटा छुट्टै आयाम थप्न सफल साइग्रेस देश तथा विदेशमा चर्चा कमाइसकेका युवा अभियन्ता हुन् । सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साइग्रेसले अब बिश्वको हरेक कुनामा रहेका नेपालीका भोगाइ र अनुभवलाई लिपिबद्ध गर्नेछन् ।
साइग्रेसले आफ्नो आवाज दिएका आइएमईका सामग्रीलाई आइएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक, इन्स्टाग्रामलगायतमा सञ्जालहरुमा पोस्ट गरिने पनि कम्पनीले जनाएको छ । हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको बाचनमार्फत टिकटक, रिलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ ।
विश्व बजारमा रहेका नेपालीका भोगाइलाई लिपिबद्ध गर्दै कथात्मक शैलीमा नेपालीमाझ पस्किने जमर्को वास्तवमै प्रभावकारी सावित हुने पनि कम्पनीले जनाएको छ । कामको शिलशिलामा विदेशमा रहँदा भोगेका, देखेका र अनुभूति गरेका दिनचर्यालाई अब साइग्रेसले लयबद्ध गर्नेछन्, जसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले बताए ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।